दफा १९
प्रज्ञापनपत्र जाँच गर्ने
(१) दफा १८ बमोजिम प्रज्ञापनपत्र पेश भएपछि सम्बन्धित भन्सार अधिकृतले सो प्रज्ञापनपत्रमा घोषित मालवस्तु कानून

बमोजिम पैठारी वा निकासी गर्न पाइने मालवस्तु हो वा होइन भन्ने सम्बन्धमा जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा भन्सार अधिकृतले आवश्यकता अनुसार सम्बन्धित मालवस्तुको भौतिक जाँच गर्न वा गर्न लगाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम जाँच गर्दा त्यस्तो मालवस्तु निकासी वा पैठारी गर्न नपाइने वा प्रतिबन्धित भएको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान वा कारबाहीका लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउनु पर्नेछ ।